/ मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक

मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।"
मुत्तफकुन अलैहि

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पापी मुस्लिमलाई अल्लाहले क्षमा गर्नुहुन्छ, तर जसले पाप गरेपछि खुलेआम गर्वका साथ आफ्नो पापको घोषणा गर्दै हिंड्छ, ऊ क्षमा योग्य छैन; किनभने उसले रातमा गरेको पापलाई अल्लाहले ढाकिदिनुभएको थियो, तर बिहान उठ्दा उसले आफ्नो साथीलाई भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो !!

Hadeeth benefits

  1. अल्लाहले पापलाई लुकाईदिएपछि खुलेआम अरुलाई भन्नु एकदम गलत हो ।
  2. खुलेआम पापको घोषणा गर्नु भनेको आस्थावान (विश्वासी) हरूमाझ अनैतिकता फैलाउनु हो ।
  3. अल्लाहले जसलाई यस संसारमा पर्दा गर्नुहुन्छ, आखिरतमा पनि उहाँले पर्दा गर्नुहुनेछ र यो उहाँका दासहरूप्रति अपार कृपा हो ।
  4. यदि कोही पापमा फसेको छ, उसले आफूलाई ढाक्नु पर्छ र अल्लाहसँग तौबा (पश्चात्ताप) गर्नुपर्छ ।
  5. खुलेआम पाप गर्नेहरू अल्लाहको माफीबाट बञ्चित हुनेछन् ।