- मानिसको अशक्तता निद्राको कारणले हुन्छ, जसले उसलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्छ । वा आफ्नो कम उमेर वा पागलपनको कारणले हुन्छ, जसले उसको मानसिक कार्यहरूमा बाधा पुर्याउँछ वा त्यस्तै कुराहरु, जस्तैः मदिरा, जसले यी तीन मध्ये कुनै एक कारणले तमीज र चेतना गुमाउछ; ऊ आफ्नो कर्तव्य पूरा गर्नबाट अशक्त हुन्छ । अल्लाहले आफ्नो न्याय, सहनशीलता र उदारताले आफ्नो हकमा भएको कमीकमजोरी र लापरबाहीलाई क्षमा दिनु भएको छ ।
- तिनीहरूका पापहरू लेख्दैनन् भनेको तिनीहरूमा केही सांसारिक नियमहरू लागु हुनेछैन भन्ने होइन, जस्तै, यदि कुनै पागलले हत्या गर्छ भने, उसको लागि कुनै सजाय वा प्रायश्चित छैन तर उसको अभिभावकले रगतको पैसा तिर्नु पर्छ ।
- यौवनका तीन लक्षणहरू छन्: वीर्य स्खलन हुनु, चाहे त्यो सपनामा होस् वा बिपनामा । वा गुप्ताङ्गहरूमा खस्रो रौं निस्कनु । वा १५ वर्ष पुगेको हुनु । महिलाको लागि चौथो लक्षण भनेको हैज (महिनावारी) आउनु ।
- अल-सुबकीले भने: बच्चा (सबी) भनेको केटा हो । अरूले भने: आमाको गर्भमा रहेको बच्चालाई भ्रूण (जनीन) भनिन्छ, जन्मिएपछि केटा (सबी) भनिन्छ, दूध छुटाएपछि सात वर्षसम्म केटा (गुलाम) भनिन्छ । दसवर्षसम्म युवा (याफिअन्) भनिन्छ, त्यसपछि पन्ध्र वर्षसम्म जवान (हजुरा) भनिन्छ । अल-सुयुतीले भने : उक्त सबै अवस्थामा केटा (सबी) भनिन्छ ।