सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ । उसको सम्पूर्ण...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) मुमिनको मामिला र अवस्थालाई प्रशंसा गर्दै हुनुहुन्छ । किनभने उसका सबै अवस्थाहरू राम्रो छन् र यो मुमिन बाहेक अरू कसैलाई उप...
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कृपा र दयाको व्याख्या गर्दै भन्नु भयो कि यदि कुनै मुस्लिम लाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा नियमित रूप...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षाहरू) आउन...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुमिन (आस्तिक) हरूलाई फित्ना (प्रलोभन) र शंकाहरूको आगमनबाट विचलित हुन अघि असल र राम्रा कर्महरू गर्न प्रोत्साहित गरिरह...
मुआविया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले जसको लागि भलाइ चाह...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई धर्मको गहिराइका साथ समझ दिनुहुन्छ । अनि उहाँ (अलैहि सलात वस्स...
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वा...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उलमा (विद्वान) हरूसँग बहस गर्ने र 'म पनि तिमीहरू जस्तै विद्वान हुँ' भनी गर्व र सेखी देखाउन, अज्ञानी र कम बुद्धि भएकाह...

सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ । उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि होइन । यदि उसले खुशी पाउँछ भने यसको लागि धन्यवाद दिन्छ र यो उसको लागि राम्रो हो । यदि उसले कठिनाइको सामना गर्छ भने धैर्य गर्छ र यो उसको लागि राम्रो हुन्छ ।

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षाहरू) आउनेछन्, त्यसैले सत्कर्म गर्न हतार गर्नुहोस्। यस्तो समय आउनेछ, जब बिहान एक मानिस मुमिन हुन्छ तर साँझसम्ममा काफिर बन्न पुग्छ, अथवा साँझ मुमिन हुन्छ तर बिहान काफिर बन्छ। त्यो मानिस थोरै सांसारिक लाभका लागि आफ्नो धर्म बेच्नेछ।"

मुआविया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ। म त केवल (ज्ञान)बाँड्नेवाला हुँ, दाता त अल्लाह हुन् । यो उम्मत सधैं अल्लाहको आदेशमा अडिग रहिरहनेछ, अल्लाहको आदेश नआएसम्म यसको विरोध गर्नेहरूले तिनीहरूलाई (अर्थात अल्लाहको आदेशमा अडिग रहनेवाला हरुलाई) हानि गर्न सक्नेछैनन् ।"

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वाद-विवाद गर्न र सभाहरूमा प्रमुख पद प्राप्त गर्नको लागि ज्ञान प्राप्त नगर्नुहोस्, जसले यसो गर्छ, उसको वासस्थान आगो (नर्क) हुनेछ ।"

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले आँफु कुरआन सिक्छ र अरूलाई सिकाउँछ ।"

अबु अब्दुर्रहमान सुलमी भन्छन्: "हामीलाई शिक्षा दिने नबि (सल्लल्लाहु अलैहि वसल्लम)का साथीहरूले हामीलाई बताए कि, उनीहरू नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म राम्रोसँग नबुझ्ने सम्म अर्को दश श्लोकहरू सिक्दैन्थे। सहाबाले भने: 'त्यसरी नै हामीले ज्ञान र कर्म (इल्म र अमल) दुवै प्राप्त गर्यौं।'

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ । ‘अलिफ- लम-मीम’ एक अक्षर हो भनेर म भन्दिनँ, यद्यपि अलिफ एक अक्षर हो, लाम एक अक्षर हो र मीम एक अक्षर हो ।"

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ? हामीले भन्यौं: अवश्य! नै चाहन्छौं, उहाँले भन्नुभयो: "तिमीहरू मध्ये कसैले आफ्नो नमाजमा तीनवटा श्लोकहरू पढ्नु, उसको लागि तीनवटा ठूला, मोटो र गाभिन ऊँटहरू भन्दा राम्रो हो ।"

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो कुर्आनलाई निरन्तर सम्हाली राख। अल्लाहको कसम; जसको कब्जामा मेरो प्राण छ, यो कुरआन (स्मरणबाट) बाँधिएको ऊँटभन्दा अझ चाँडो फुत्कन्छ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"