- खुशीमा कृतज्ञ हुनु र कठिनाइमा धैर्यताको सद्गुण । जसले यी दुवै काम गर्छ, उसले दुवै लोकको कल्याण प्राप्त गर्दछ । जो आशिषको लागि कृतज्ञ हुँदैन र विपत्तिमा धैर्य गर्दैन ऊ इनामबाट बञ्चित हुनेछ र पापको हकदार हुनेछ ।
- इमानको सद्गुण र हरेक मामिलामा पुण्य केवल मुमिनको लागि हो ।
- खुशीमा कृतज्ञता व्यक्त गर्नु र संकटको समयमा धैर्य गर्नु आस्थावानहरूको मार्ग हो ।
- कजा व कद्र (अल्लाहको फैसला र भाग्य) मा विश्वासले मानिसलाई सबै परिस्थितिहरूमा पूर्ण रूपमा सन्तुष्ट बनाउँछ । जबकि गैर-मुमिनहरूको अवस्था यो भन्दा बिल्कुल फरक हुन्छ । उसलाई हानि आउँदा निरन्तर क्रोधित हुन्छ र वरदान पायो भने नशामा डुबेर अल्लाहको उपासनाबाट विमुख भएर अवज्ञाकारी गर्न थाल्छ ।