/ अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षाहरू) आउनेछन्,

अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षाहरू) आउनेछन्,

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षाहरू) आउनेछन्, त्यसैले सत्कर्म गर्न हतार गर्नुहोस्। यस्तो समय आउनेछ, जब बिहान एक मानिस मुमिन हुन्छ तर साँझसम्ममा काफिर बन्न पुग्छ, अथवा साँझ मुमिन हुन्छ तर बिहान काफिर बन्छ। त्यो मानिस थोरै सांसारिक लाभका लागि आफ्नो धर्म बेच्नेछ।"
मुस्लिमले वर्णन गरेका छन्

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुमिन (आस्तिक) हरूलाई फित्ना (प्रलोभन) र शंकाहरूको आगमनबाट विचलित हुन अघि असल र राम्रा कर्महरू गर्न प्रोत्साहित गरिरहनु भएको छ । यी फित्ना (प्रलोभन) हरू अन्धकार रातिको रूपमा देखा पर्नेछ, जसमा सत्य र असत्य सही र गलत यसरी मिसिनेछ कि मानिसलाई यी दुईबीच छुट्याउन गाह्रो हुनेछ । अवस्था यति भयावह हुनेछ, व्यक्ति बिहान आस्तिक रहन्छ, बेलुका काफिर बन्छ । बेलुका आस्तिक रहन्छ, बिहान काफिर बन्छ । यस संसारको क्षणिक भोगले गर्दा आफ्नो दीन (धर्म) लाई दुनियाँको तुच्छ चीजको सट्टामा बेच्नेछ ।"

Hadeeth benefits

  1. बाधा अवरोध आउनुभन्दा पहिले धर्मलाई दृढतापूर्वक धारण गरेर धर्मकर्ममा तीब्र गतिमा अघि बढ्नुपर्छ ।
  2. अन्तिम समयमा लगातार भ्रामक फित्ना (प्रलोभन) हरू आउने संकेत । एउटा प्रलोभन समाप्त भएको छैन उता अर्को प्रलोभन आउँछ ।
  3. जब कुनै व्यक्तिको धर्म कमजोर हुँदै जान्छ र ऊ सांसारिक सुख-सम्पत्ति आदिको सट्टामा धर्मबाट विमुख हुन्छ भने यो उसको धर्मबाट विचलित हुन, धर्म त्याग गर्न र प्रलोभनको शिकार बन्न पुग्छ ।
  4. असल कर्महरू प्रलोभनबाट मुक्तिका कारण हुन् भन्ने कुराको प्रमाण ।
  5. फित्ना (प्रलोभन) हरू दुई प्रकारका छन्: शंकाको प्रलोभन, जसको उपचार ज्ञान हो र इच्छाहरूको प्रलोभन, जसको उपचार विश्वास र धैर्य हो ।
  6. जसको सत्कर्म थोरै हुन्छ, प्रलोभनले उसलाई छिटो आफ्नो शिकार बनाउछ र जसको सत्कर्म धेरै छ, उसले आफूसँग भएको धर्मकर्मले धोका खानु हुँदैन, बरु अझै बढी सत्कर्म गर्नुपर्छ भनेर प्रोत्साहन ।