- मानव हड्डीहरूको संरचना र अखण्डता अल्लाहको सबैभन्दा ठूलो वरदान हो, त्यसैले प्रत्येक हड्डीप्रति दान दिन आवश्यक छ, ताकि उहाँको आशीर्वादको हक अदा गर्न सकियोस् ।
- यी आशिषहरूको निरन्तरताका लागि हरेक दिन कृतज्ञता नवीकरण गर्न प्रोत्साहन ।
- हरेक दिन नफल (अतिरिक्त नमाज) पढ्न र स्वैच्छिक दान दिन प्रोत्साहन ।
- मानिसहरू माझ न्याय र मेलमिलाप गर्नुको सद्गुण ।
- एक व्यक्तिलाई आफ्नो भाइलाई मद्दत गर्न आग्रह; किनभने उसलाई सहयोग गर्नु सद्का हो ।
- मस्जिदहरूमा जमातका साथ नमाज पढ्न पाइला चाल्न प्रोत्साहित ।
- मुस्लिमहरूको बाटोलाई सम्मान गर्न आवश्यक छ, त्यसैले उनीहरूलाई हानि पुऱ्याउने कुनै पनि कुरा बाटोमा फाल्नु हुँदैन ।