- सत्यता र इमानदारीता एक उत्कृष्ट चरित्र हो जुन प्रयासबाट प्राप्त हुन्छ । मानिस सधैं सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म इमानदारी उसको लागि एक प्राकृतिक गुण बन्दछ र अल्लाहको नजिक सिद्दीक (सत्यवान) लेखिन्छ ।
- झूट बोल्नु एक निन्दनीय चरित्र हो जुन अपराधीले लामो अभ्यास र गलत व्यवहारबाट प्राप्त गर्दछ, यहाँसम्म यो उसको लागि एक प्राकृतिक र सामान्य गुण बन्दछ र अल्लाहको नजिक ऊ झूठो घोषित गरिन्छ ।
- इमानदारी भन्नाले जिब्रोको इमानदारीलाई बुझाउँछ, जुन झूटको विपरीत हो । नियतमा इमानदारी भनेको निष्ठा र मात्र अल्लाहको लागि गर्नु हो । इरादाको इमानदारी भनेको पुण्य कर्मको नियत गर्नु र आफ्नो काममा इमानदार हुनु हो र कमसेकम मानिसको भित्र र बाहिर दुवै समान हुनुपर्छ र डर, आशा र अन्य मामिलाहरूमा इमानदार हुनुपर्छ । जसमा यी विशेषताहरू छन् भने ऊ सिद्दीक (सत्यवान) हो र यसका केही अंश मात्र हो भने ऊ सादिक (इमानदार) हो ।