/ “कयामतको दिन कुनै पनि व्यक्तिको खुट्टा तबसम्म हल्लिने पनि छैनन् जबसम्म उसलाई उसको उमेरको बारेमा सोधिने छैन, उसले आफ्नो जीवन कसरी बितायो र के मा खर्च गर्यो - उसको ज्ञानको बारेमा सोधिने छैन, उसले ज्ञान अनुसार अमल गर्यो कि गरेन - उसको सम्पत्ति...

“कयामतको दिन कुनै पनि व्यक्तिको खुट्टा तबसम्म हल्लिने पनि छैनन् जबसम्म उसलाई उसको उमेरको बारेमा सोधिने छैन, उसले आफ्नो जीवन कसरी बितायो र के मा खर्च गर्यो - उसको ज्ञानको बारेमा सोधिने छैन, उसले ज्ञान अनुसार अमल गर्यो कि गरेन - उसको सम्पत्ति...

अबू-बर्जह अल्-अस्लमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कयामतको दिन कुनै पनि व्यक्तिको खुट्टा तबसम्म हल्लिने पनि छैनन् जबसम्म उसलाई उसको उमेरको बारेमा सोधिने छैन, उसले आफ्नो जीवन कसरी बितायो र के मा खर्च गर्यो - उसको ज्ञानको बारेमा सोधिने छैन, उसले ज्ञान अनुसार अमल गर्यो कि गरेन - उसको सम्पत्तिको बारेमा सोधिने छ, उसले कहाँबाट कमायो र कहाँ खर्च गर्यो - उसको शरीरको बारेमा सोधिने छैन, उसले आफ्नो यौवनलाई कहाँ खर्च गर्यो ।”
तिर्मीजीले वर्णन गरेका छन्

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामतको दिन, कुनै पनि व्यक्तिले हिसाबकिताबको मैदानबाट स्वर्ग वा नरकमा जानेछैन जबसम्म उसलाई यी कुराहररूको बारेमा सोधिन्न: पहिलो: उसको उमेरको बारेमा, उसले आफ्नो जीवन कसरी बितायो र के मा खर्च गर्यो ? दोस्रो: उसको ज्ञानको बारेमा, उसले अल्लाहको लागि ज्ञान सिकेको हो? के उसले ज्ञान अनुसार अमल गर्यो र त्यसलाई अरुसम्म पुर्यायो ? तेस्रो: उसको सम्पत्तिको बारेमा, उसले कमाएको पैसा हलाल हो कि हराम? अनि उसले केमा खर्च गर्यो, अल्लाहलाई मन पर्ने कुरामा वा मन नपर्ने कुरामा ? चौथो: उसको शरीरको बारेमा, उसले आफ्नो शक्ति, स्वास्थ्य र यौवनलाई कसरी प्रयोग गर्यो?

Hadeeth benefits

  1. अल्लाहलाई प्रसन्न तुल्याउने तरिकामा जीवन बिताउने आग्रह ।
  2. अल्लाहले आफ्ना भक्तहरूलाई अनगिनत वरदानहरू दिनुभएको छ र उहाँले त्यसको बारेमा सोध्नुहुनेछ । त्यसैले अल्लाहलाई प्रसन्न तुल्याउने कामहरु गर्नुपर्छ ।