- अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)को अनुसरण गर्दै उपरोक्त वाक्यहरूलाई (पढ्नमा) नियमितता दिनु पर्छ ।
- मानिसलाई धर्मका मामिलामा अल्लाहसित कल्याण माग्ने आदेश दिइएको छ भने त्यसरी नै यस संसारका बारेमा पनि माग्नका लागि सिकाइएको छ ।
- तैबी (रहिमहुल्लाह) भन्नु हुन्छ : छ तर्फका दिशाहरूका बारेमा भनियो । किन कि आपदहरू यिनै तर्फबाट आउने गर्छन् । तल तिरका बारेमा बढी ताकिदका साथ भनियो कि यस तर्फबाट आउने विपदा कडा हुने गर्छ ।
- बिहानको दुआहरू पढ्न बिहान उज्यालो भएदेखि सूर्योदयसम्म, र दिनको आखिरी भागमा अश्रको नमाज पछिदेखि सूर्यास्तसम्म राम्रो हुन्छ । यदि कसैले त्यस पछि पढ्यो, अर्थात् बिहानमा लगभग दश बजे पछि भन्यो भने यसो गरे पनि हुन्छ, र यदि जोहर पछि पढ्यो भने पनि हुन्छ। र यदि उसले सूर्यास्त पछि भन्यो भने त्यो पनि पर्याप्त हुन्छ, किनकि त्यो जिक्रको समय हो ।
- केहि जिक्रका बारेमा रातमा नै पढ्नु पर्छ भनेर भनिएको छ, जस्तै सूरत अल-बकराका अन्तिम दुईआयतहरूको पढ्नु, यस्ता जिक्रहरूलाई सूर्यास्त पछि नै पढ्नु पर्ने हुन्छ ।