- अल्लाहको जिक्र (स्मरण) को लागि सानो र ठूलो अपवित्रताबाट शुद्ध हुनु शर्त होइन ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) निरन्तर अल्लाहको जिक्र (स्मरण) गर्नुहुन्थ्यो ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउँदै हरेक परिस्थितिमा अल्लाहको धेरै जिक्र गर्न प्रेरणा । यद्यपि, ती अवस्थाबाहेक जसमा जिक्र गर्न निषेध गरिएको छ, जस्तै शौचालय जाँदाको अवस्थामा ।