निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु ।...
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु ।
हाकिम र तबरानीले वर्णन गरेका छन्
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिमको हृदयमा ईमान त्यसरी नै पुरानो र कमजोर हुँदै जान्छ जसरी नयाँ कपडा लामो समयसम्म प्रयोग गरेपछि पुरानो भइजान्छ । र यो आस्थाको कमजोरी उपासनामा सुस्ती, पापको कार्यहरू, वा वासनामा डुबेको कारणले हुन्छ । त्यसैले, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले हामीलाई फर्ज(अनिवार्य) कर्महरू पूरा गर्ने, अल्लाहको धेरै स्मरण (जिक्र) गर्ने र उहाँसँग क्षमा याचना गर्नेद्वारा हाम्रो ईमानलाई नवीकरण गर्न अल्लाहसँग प्रार्थना गर्न सिकाउनुभएको छ।
Hadeeth benefits
यस हदीसमा धर्ममा अटल रहन र हृदयमा आस्थाको नवीकरणका लागि अल्लाह सँग प्रार्थना गर्ने प्रोत्साहित गरिएको छ।
ईमान (विश्वास) भनेको वचन, कर्म, र विश्वास हो, जुन आज्ञाकारिताले बढ्दछ र पापले घट्छ ।
Share
Use the QR code to easily share the message of Islam with others