- जसरी खाना र पेय पदार्थको मिठास मुखद्वारा चाखिन्छ, त्यसरी नै आस्थाको मिठास र स्वाद हृदयले महसुस गर्छ ।
- जसरी शरीरले स्वस्थ रहँदा खाना र पेय पदार्थको मिठास पाउँछ, त्यसैगरी हृदय भ्रामक इच्छाहरू र निषेधित कुराहरूबाट मुक्त रहँदा इमानको मिठास महसुस गर्छ । तर रोगी हुँदा विश्वासको मिठास पाउन सक्दैन, बरु यसलाई नष्ट गर्ने निषेधित इच्छाहरू र पापहरू नै राम्रो लाग्छ ।
- जब मानिस कुनै कुरामा सन्तुष्ट हुन्छ र त्यसलाई सहर्ष स्वीकार गर्छ भने उसको काम सजिलो हुनेछ, उसलाई कठिनाइ हुनेछैन र ऊ आफ्नो जिम्मेवारी निर्वाह गर्दा खुशी हुनेछ । त्यसैगरी जब मानिसको हृदयमा विश्वास प्रवेश गर्छ, उसको प्रभुको आज्ञाकारिता उसको लागि सजिलो हुनेछ, उसको आत्मालाई खुशी हुनेछ र त्यसलाई कार्यन्वयन गर्दा उसको पीडा उसलाई गाह्रो हुनेछैन ।
- इब्नुल-कैय्यिमले भने: यो हदीसमा अल्लाहको रुबुबीयत (प्रभुत्व), उहाँको
- उलूहीयत (ईश्वरत्व) प्रति सन्तुष्टि, त्यसैगरी उहाँको रसूल र उहाँको धर्मप्रति सन्तुष्टि र समर्पण समावेश छ ।