- स्वर्गमा प्रवेश गर्न इमान अनिवार्य हो ।
- पूर्ण आस्था भनेको मुस्लिमले आफ्नो भाइको लागि त्यही मनपराउनु जुन आफ्नो लागि मन पराउँछ ।
- मुस्लिमहरूलाई सलाम गर्नु र सलामलाई आम गर्नु मुस्तहब हो । किनभने यसले मानिसहरूमा प्रेम र शान्ति फैलाउँछ ।
- सलाम मुस्लिमहरूलाई मात्र गरिनेछ । किनभने हदीसमा "तिमीहरू बीच" शब्द उल्लेख गरिएको छ ।
- सलाम (अभिवादन) गर्दा बोलचाल विच्छेद, इर्ष्या र शत्रुताको अन्त्य हुन्छ ।
- मुस्लिमहरू बीच आपसी प्रेमको महत्त्व र यो नभई आस्था पूर्ण हुनसक्दैन ।
- ‘अस्सलामु अलैकुम व रह्मतुल्लाहि व बरकातुहु’ सलामको पूर्ण रूप हो, जुन अर्को हदीसमा उल्लेख गरिएको छ र ‘अस्सलामु अलैकुम’ भन्नु पनि पर्याप्त छ ।