- सहाबाहरू लोक परलोकमा फायदा पुर्याउने गुणहरू जान्न उत्सुक थिए ।
- सलाम गर्नु र खाना खुवाउनु इस्लामका उत्कृष्ट कार्यहरू हुन्; किनभने यसका छुट्टै सद्गुण छन् र अरू मानिसहरूलाई सधैं यसको आवश्यकता हुन्छ ।
- यी दुई गुणहरूले, वचन र कर्ममा परोपकारको संयोजन हुन्छ, जुन दया र परोपकारको उत्तम रूप हो ।
- यी विशेषताहरू मुस्लिमहरू बीचको व्यवहारसँग सम्बन्धित छन्, र भक्त र उसका परमेश्वर बीचको व्यवहारका लागि पनि केही विशेषताहरू छन्।
- सलाम (अभिवादन) मा पहल गर्नु मुस्लिमहरूबीच मात्र सीमित छ, त्यसैले गैर-मुस्लिमहरूलाई अभिवादन गर्न पहल गर्नु हुँदैन ।