- वाह्य तथा आन्तरिक रुपमा अल्लाहको निरन्तर जिक्र (स्मरण) गर्नु उहाँको निकटता प्राप्त गर्ने सबैभन्दा ठूलो कर्म र लाभदायक रूप हो ।
- अल्लाहको जिक्र (स्मरण) स्थापित गर्नको लागि सबै कर्महरू निर्धारित गरिएको हो । अल्लाहले भन्नुभयो: "मेरो जिक्र (स्मरण) को लागि नमाज स्थापना गर ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " 'काबा' को तवाफ र ‘सफा-मारवाह’ बीचमा परिक्रमा गर्नु र ‘जमरात’ मा ढुङ्गा हान्नु भनेको सर्वशक्तिमान अल्लाहको जिक्र (स्मरण) स्थापित गर्नको लागि हो । (अबू दाउद र तिर्मिजी)
- अल-इज् बिन अब्दुस्सलामले आफ्नो पुस्तक ‘कवाइद’ मा भनेका छन्: "यो हदीसले देखाउँछ कि सम्पूर्ण उपासनाहरूमा थकान वा कठिनाइको आधारमा मात्र पुरस्कार मिल्दैन। बरु, अल्लाहले साना कामहरूमा कहिलेकाहीँ ठूलो कामभन्दा पनि धेरै प्रतिफल दिनुहुन्छ। किनकि पुरस्कारको आधार सम्मानमा रहेको फरकमा निर्भर हुन्छ।"
- अल-मोनावीले 'फैजुल-कदीर' मा भनेका छन्: "यो हदीसलाई यस्तो अर्थमा बुझ्नुपर्छ कि त्यस समयको व्यक्तिहरूका लागि स्मरण (अल्लाहको जिक्र) सबैभन्दा उत्तम ठहरियो। तर, यदि यो एक साहसी र बहादुर व्यक्तिलाई सम्बोधन गरिएको भए जसले इस्लामलाई युद्धमा फाइदा पुर्याउँछ, भने उसलाई जिहाद गर्न भनिन्थ्यो। धनीलाई, जसको धनले गरिबहरूलाई लाभ पुर्याउँछ, सद्काका लागि भनिन्थ्यो। जो हज गर्न सक्षम छ, उसलाई हज गर्न भनिन्थ्यो। जसका माता-पिता छन्, उसलाई ती दुईको सेवा गर्न भनिन्थ्यो। यसरी विभिन्न हदीसहरूमा भएका सन्देशहरूलाई मिलाउन सकिन्छ।"
- सबै भन्दा राम्रो जिक्र त्यो हो जसमा जिब्रो र हृदय दुवै मिलेको हुन्छ । त्यसपछि त्यो हो जो हृदयले मात्र गरेको हुन्छ, जस्तै चिन्तन । त्यसपछि त्यो हो जो जिब्रोले मात्र गरेको हुन्छ र प्रत्येकमा पुण्य निहित छ ।
- यदि मुस्लिमले बिहान र बेलुकाको जिक्र (सम्झना), मस्जिद, घर र शौचालयमा प्रवेश गर्ने र बाहिर निस्कने र अन्य दुआहरू पाबन्दीका साथ गर्छ भने ऊ अल्लाहलाई अत्याधिक जिक्र गर्नेहरू मध्ये हुन्छ ।