/ हे अल्लाह! म तपाईको क्रोधबाट बच्न तपाईको प्रसन्नतामा शरण लिन्छु, तपाईको सजायबाट बच्न तपाईको क्षमामा शरण लिन्छु। र म तपाईबाटै तपाईमा शरण लिन्छु। म तपाईको प्रशंसा गर्न असमर्थ छु, जस्तो तिमीले आफैलाई प्रशंसा गर्नुभएको छ "।...

हे अल्लाह! म तपाईको क्रोधबाट बच्न तपाईको प्रसन्नतामा शरण लिन्छु, तपाईको सजायबाट बच्न तपाईको क्षमामा शरण लिन्छु। र म तपाईबाटै तपाईमा शरण लिन्छु। म तपाईको प्रशंसा गर्न असमर्थ छु, जस्तो तिमीले आफैलाई प्रशंसा गर्नुभएको छ "।...

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: एउटी रात मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई आफ्नो ओछ्यानमा पाइँन। त्यसपछि म उहाँलाई खोज्न थालेँ। मेरो हात उहाँका पाउको तलवामा पर्‍यो, जो उठेको थिए, र उहाँ सजदामा हुनुहुन्थ्यो। अनि उहाँ यसो भन्दै हुनुहुन्थ्यो: " हे अल्लाह! म तपाईको क्रोधबाट बच्न तपाईको प्रसन्नतामा शरण लिन्छु, तपाईको सजायबाट बच्न तपाईको क्षमामा शरण लिन्छु। र म तपाईबाटै तपाईमा शरण लिन्छु। म तपाईको प्रशंसा गर्न असमर्थ छु, जस्तो तिमीले आफैलाई प्रशंसा गर्नुभएको छ "।
मुस्लिमले वर्णन गरेका छन्

Explanation

आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: म नबी (सल्लल्लाहु अलैहि वसल्लम)को छेउमा सुतिरहेको थिएँ। रातको समयमा मैले उहाँलाई भेटिन। त्यसपछि मैले आफ्नो हातले त्यो स्थानमा खोज्न थालें जहाँ उहाँ नमाज पढ्नु हुन्थ्यो। उहाँ सज्दामा हुनुहुन्थ्यो, उहाँका पाउ ठडिएका थिए, र उहाँ यसो भन्दै हुनुहुन्थ्यो: म तपाईको प्रसन्नताको माध्यमबाट तपाईको क्रोधबाट शरण माग्छु चाहे त्यो ममाथि होस् वा मेरी उम्मतिमाथि। र म तपाईको विशाल क्षमादानबाट तपाईको सजायबाट शरण माग्छु। म तपाईबाट तपाईको सुन्दरताका गुणहरूद्वारा र तिम्रा महिमाका गुणहरू बाट तिम्रो शरण चाहछु । किनभने तपाईबाट तपाई स्वयं बाहेक अरू कोही शरण दिन सक्दैन। अल्लाहबाट भाग्ने कुनै ठाउँ छैन र उहाँ बाहेक शरणको कुनै आश्रय छैन। म तपाईको प्रशंसा गर्न सक्दिन, म त्यसका लागि असक्षम छु र तपाईको उपकार र कृपाको गन्ती गर्न असमर्थ छु, यद्यपि म यतिमा प्रयास गरूँ भने पनि। तपाई त्यसरी नै हुनुहुन्छ, जस्तो तपाईले आफैंलाई प्रशंसा गर्नुभएको छ। तपाई नै हौ जसले आफ्नै जातलाई तपाईको योग्य महानताका अनुसार प्रशंसा गर्नुभएको छ। तसर्थ, कोही पनि तपाईको प्रशंसा गर्नको लागि तपाईको अधिकारको पूरा मूल्याङ्कन गर्न सक्षम छैन।

Hadeeth benefits

  1. सज्दामा यी दुआहरू गर्न मुस्तहब अर्थात् राम्रो हो।
  2. मिरकले भने: नसा'ईको एक रिवायतमा उल्लेख गरेको छ: नबी (सल्लल्लाहु अलैहि वसल्लम) यो दुआलाई (अल्लाहसँग शरण लिने) आफ्नो नमाज समाप्त गरेपछि र आफ्नो ओछ्यानमा विश्राम गर्न थाल्नु अगाडि उच्चारण गर्न हुन्थ्यो।
  3. अल्लाहको प्रशंसा उहाँका विशेस्ताहरूद्वारा गर्नु र उहाँका नामहरूद्वारा दुआ गर्नु, जसको पुष्टि क़ुरआन र हदीसमा भएको छ ।
  4. यसमा रुकुअ र सज्दामा सृष्टिकर्ताको महानता व्यक्त गरिएको छ।
  5. अल्लाहका विशेस्ताहरूको माध्यमबाट शरण लिने अनुमति छ, जस्तै उहाँको व्यक्तित्व (जात) बाट शरण लिनेको अनुमति छ।
  6. इमाम खत्ताबीले भनेका छन्: यस वाक्यमा एक गहिरो अर्थ के छ भने जब कुनै व्यक्ति अल्लाहसँग शरण लिन्छ, तब ऊ अल्लाहको सन्तुष्टिको लागि प्रार्थना गर्छ ताकि उसको क्रोधबाट बच्न सकोस्, र अल्लाहको क्षमाशीलताको प्रार्थना गर्छ ताकि उनी दण्डबाट मुक्ती पाओस्। यसमा रजा (सन्तुष्टि) र असन्तुष्टि दुवै अलग अलग हुन् यसै गरि क्षमा र दण्ड पनि। जब यस कुरालाई त्यो तर्फ लगियो जसको कुनै विरोधी छैन, र त्यो अल्लाह हो, तब उसले केवल अल्लाहसँग शरण लिएको छ। र यसको अर्थ यो भयो कि अल्लाहको इबादतमा कर्तव्य पूरा गर्न नसक्ने कमजोरीको लागि क्षमा माग्नु र उहाँको प्रशंसा गर्नु ।