{कुल हुवल्लाहु अहद}, {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यो तिम्रो लागि हरेक कुराबाट पर्याप्त हुनेछ ।...
अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी पानी परेको अँध्यारो रातमा नमाज पढाउन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को खोजी गर्न बाहिर निस्कियौं । उनी भन्दछन्, जब मैले उहाँलाई भेट्टाएं, उहाँले भन्नुभयो: "भन।", तर मैले केही भनिनं, त्यसैले उहाँले फेरि भन्नुभयो: "भन।", मैले अझै केही भनिनं, त्यसैले उहाँले तेस्रो पटक भन्नुभयो: "भन।" यसपटक मैले सोधेँ : के भनूँ ? उहाँले जवाफ दिनुभयो: "{कुल हुवल्लाहु अहद}, {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यो तिम्रो लागि हरेक कुराबाट पर्याप्त हुनेछ ।"
अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
Explanation
सहाबी अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : तिनीहरू पानी परेको र धेरै अँध्यारो रातमा नमाज पढाउन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को खोजी गर्न बाहिर निस्के र तिनीहरूले उहाँलाई भेट्टाए । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: "भन" अर्थात पढ, तर उनले केही पनि पढेनन् । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो कुरा दोहोर्याउनुभयो र अब्दुल्लाहले भने: हे अल्लाहका रसूल, मैले के पढ्नु ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: सुरतुल-इखलास {कुल हुवल्लाहु अहद} र मुऔवीजतैन {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यसले तिमीलाई हरेक खराबी र शरबाट जोगाउँछ ।
Hadeeth benefits
बिहान र बेलुका सुरतुल-इखलास र मुऔवीजतैन पढ्नु मुस्तहब हो र यसले हरेक खराबी (शर) बाट जोगाउँछ ।
सुरतुल-इखलास र मुऔवीजतैन पढ्नको सद्गुण ।
Share
Use the QR code to easily share the message of Islam with others