- घरमा प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिनु मुस्तहब हो । किनकि यदि अल्लाहको नाम लिइएन भने शैतानले घरमा रात बिताउँछ र उनीहरूको खाना खान्छ ।
- शैतानले मानवको काम, व्यवहार र उसका सम्पूर्ण क्रियाकलापलाई नियालेर हेरिरहन्छ र अल्लाहको नामबाट अलिकति बेवास्ता हुने बित्तिकै आफ्नो उद्देश्य प्राप्त गर्दछ ।
- अल्लाहको जिक्र (स्मरण र सम्झना) ले शैतानलाई भगाउँछ ।
- प्रत्येक शैतानका केही अनुयायी र सहयोगीहरू हुन्छन्, जो उसको कुरामा खुसी हुन्छन् र उसका आदेशहरूको पालना गर्छन् ।