- पवित्रता दुई प्रकारको हुन्छ: बाहिरी (शारीरिक) शुद्धता, जुन वुजू र गुस्ल (स्नान) बाट प्राप्त हुन्छ र अर्को भित्री पवित्रता, जुन एकेश्वरवाद, विश्वास र असल कर्महरूबाट प्राप्त हुन्छ।
- यस हदीस बाट निरन्तर रुपले नमाज पढ्नुको महत्व प्रस्ट हुन्छ, किनभने नमाज यस संसार र महाप्रलयको दिनमा भक्तका लागि ज्योति हुनेछ।
- दान-पुण्य- आस्था एवं श्रद्धाको सत्यताको प्रमाण हो।
- यस हदीसबाट कुरान अनुसार कार्यान्वयन र यस माथि विश्वास गर्नुको महत्व थाहा हुन्छ, ताकि यो तपाइँको पक्षमा प्रमाण होस्, तपाईंको विरुद्धमा नहोस् ।
- यदि तपाईंले आफ्नो हृदयलाई आज्ञाकारितामा व्यस्त गर्नुभएन भने, यसले तपाईंलाई पापमा संलग्न गर्नेछ।
- हरेक मानिस अनिवार्य रूपमा कुनै न कुनै कर्म गर्दछ। तसर्थ कि त आज्ञाकारिताद्वारा उसले आफूलाई मुक्त गर्दछ वा अन्यथा पापद्वारा आफूलाई नष्ट गर्दछ।
- धैर्यको लागि सहिष्णुता, सहनशीलता र पुण्यको नियत आवश्यक छ, जुन साह्रै गाह्रो हो।