/ जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।...

जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"
मुत्तफकुन अलैहि

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले दिन र रातमा सय पटक 'सुब्हानल्लाहि व बिहम्दिहि' भन्छ भने उसका पापहरू माफ गरिन्छ र क्षमा गरिनेछन, चाहे त्यो समुद्रमा छालको समयमा देखा पर्ने सेतो फिज जती धेरै नै किन नहोस ।

Hadeeth benefits

  1. यो इनाम एकै पटक लगातार वा अन्तरालमा (बीच-बीचमा) पढ्ने दुबैलाई प्राप्त हुनेछ ।
  2. तस्बीहको अर्थ: अल्लाहलाई सबै दोष र कमजोरीहरूबाट मुक्त मान्नु र हम्द (प्रशंसा) भनेको उहाँलाई प्रेम र सम्मानका साथ हरेक हिसाबले परिपूर्ण मान्नु ।
  3. यस हदीसमा पापहरूको क्षमा गरिनुको अर्थात् साना पापहरूको क्षमा हो । ठूला पापहरूका लागि तौबा (पश्चात्ताप) आवश्यक छ ।