- मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको एउटा प्रमाण के छ भने उहाँले भविष्यमा हुने केही घटनाहरूको भविष्यवाणी गर्नुभएको थियो र पछि त्यो उहाँले भविष्यवाणी गरेझैं प्रकट भयो ।
- गल्तीप्रति सहमति व्यक्त गर्नु र त्यसमा भाग लिनु अनुमति छैन, बरु यसलाई खण्डन गर्नु आवश्यक छ ।
- जब शासकहरूले शरीयत विपरित काम गर्न थाल्छन्, त्यस्ता कुरामा उनीहरूको आज्ञापालन गर्नु जायज छैन ।
- मुस्लिम शासकहरू विरुद्ध विद्रोह गर्न अनुमति छैन; किनभने यसले दंगा, अराजकता, रक्तपात र अशान्ति फैलिनेछ । तसर्थ, अवज्ञाकारी शासकहरूको अवज्ञा सहनु र तिनीहरूको यातनामा धैर्य गर्नु त्योभन्दा धेरै सजिलो छ ।
- सलाह (नमाज) धेरै महत्त्वपूर्ण कुरा हो । सलाह भनेको कुफ्र र इस्लाम बीचको भिन्नता हो ।