- समाजको संरक्षण र मुक्तिका लागि पुण्य कर्मको आदेश र नराम्रोलाई निषेध गर्ने महत्त्व ।
- तालिम दिने एउटा तरिका उदाहरण हो । यसले अर्थलाई ठोस चीजको रूप दिएर बुझ्न सजिलो पार्छ ।
- मुन्कर (गल्त काम) देखेर त्यसको निन्दा नगर्नु यस्तो कुकर्म हो, जसले सिंगो समाजलाई हानि पुर्याउँछ ।
- दुष्कर्म गर्नेहरूलाई गलत काम गर्न छुट दिनु भनेको समाजलाई विनाशतर्फ धकेल्ने हो ।
- राम्रो नियतले गलत काम गर्दा त्यो काम कदापी सही हुँदैन ।
- मुस्लिम समाज सुधारको जिम्मेवारी कुनै एक व्यक्तिको होइन, सबै जनताको हो ।
- विशेष व्यक्तिको पापको सजाय आम जनताले पनि भोग्न सक्छ, यदि उनीहरूलाई पापबाट रोकिएन भने ।
- नराम्रो काम गर्नेहरूले मुनाफिक (पाखण्डी) मानिसहरूले जस्तै आफ्नो गल्ती समाजको लागि राम्रो हो भनी बहाना बनाउँछन्।