- गलत कार्यलाई रोकथाम गर्ने चरणहरूबारे बुझाउन यो हदीस एउटा आधार हो।
- यस हदिसमा गलत कार्यको रोकथामको लागि क्रमशः अनुरुप र हरेकले आफ्नो क्षमता एवं शक्ति अनुसार रोकथहाम गर्न आदेश दिइएको छ।
- गलत (मुन्कर) लाई परिवर्तन गर्नु धर्मशैलीको एक महान अध्याय हो जुन हामी सबैको दायित्व हो र प्रत्येक मुस्लिमले आफ्नो क्षमता अनुसार गर्नुपर्ने छ।
- असल कुराको आदेश दिनु र नराम्रो कुराबाट मनाही गर्नु आस्थाको एउटा महत्वपूर्ण पाटो हो र ईमान (सत्कर्मले) बढ्छ र (कुकर्मले) घट्दछ ।
- कुनै गलत कार्य (मुन्कर) बाट मनाही गर्नु त्यो कार्य गलत (मुन्कर) हो भन्ने ज्ञान हुने कुरा द्वारा सर्तबद्ध छ ।
- गलत कार्य (मुन्कर) बाट मनाही गर्नुकाे अर्को शर्तहरू मध्ये एक यो हो कि रोक्ने कार्यले अझ ठूलो खराबी उत्पन्न नहोस् ।
- दुष्ट र गलत (मुन्कर) बाट मनाही गर्नका निम्ति केही नियम र शर्तहरू छन् जुन एक मुस्लिमले सिक्नुपर्ने हुन्छ ।
- दुष्ट र खराब कुरा (मुन्कर) को खण्डन गर्नका निम्ति इस्लामी धर्मशास्त्रको नीति, ज्ञान र विवेक आवश्य नै चाहिन्छ।
- (खराब कुरा (मुन्कर) लाई ) हृदयले पनि नराम्रो नठान्नु, ईमान (आस्था) कमजोर भएको संकेत गर्दछ ।