- यो हदीस मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो रसूल हुन् भन्ने कुराको एक महत्वपूर्ण प्रमाण हो, किनकि उहाँले आफ्नो उम्मतमा पछि के हुनेछ भनेर बताउनुभयो र पछि ठीक त्यस्तै भयो ।
- पीडित व्यक्तिलाई उसको अपेक्षित विपत्तिको बारेमा जानकारी दिन अनुमति छ, ताकि ऊ त्यसको लागि तयार रहोस् र विपत्ति आएपछि पुण्यको नियतले धैर्य गरोस् ।
- अल्लाहको पुस्तक र पैगम्बरको सुन्नतलाई दृढतापूर्वक समात्नु नै समस्या, मतभेद र विभाजनबाट मुक्तिको बाटो हो ।
- शासकहरूबाट केही दमन भइरहेको भए पनि उनीहरूविरुद्ध विद्रोह नगर्न र उनीहरूको आदेशलाई सुन्न र पालन गर्न प्रोत्साहन ।
- विपत्तिको समयमा सुन्नतको पालना र बुद्धिमानीपूर्वक कार्य गर्नुपर्छ ।
- मानिसले अलिकति दमनमा परे पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।
- यो हदीस एक काइदह (सिद्धान्त) को प्रमाण हो; दुई खराबीहरूमध्ये हल्का खराबी भएको वा दुई हानिकारक चीजहरूमध्ये कम हानिकारक चीजलाई रोजिनेछ ।