/ जसले सत्य मार्गको आह्वान गर्छ, उसले सत्य मार्ग अप्हनाउनेहरूको पुण्य बराबर पुण्य पाउनेछ, तर उनीहरूको पुण्यमा कुनै कमी हुनेछैन...

जसले सत्य मार्गको आह्वान गर्छ, उसले सत्य मार्ग अप्हनाउनेहरूको पुण्य बराबर पुण्य पाउनेछ, तर उनीहरूको पुण्यमा कुनै कमी हुनेछैन...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले सत्य मार्गको आह्वान गर्छ, उसले सत्य मार्ग अप्हनाउनेहरूको पुण्य बराबर पुण्य पाउनेछ, तर उनीहरूको पुण्यमा कुनै कमी हुनेछैन र जसले गलत मार्गतर्फ बोलाउँछ, उसले गलत मार्ग पछ्याउनेहरूको पाप बराबर पाप पाउनेछ, तर यसले तिनीहरूको पापमा कुनै कमी गरिनेछैन ।”
मुस्लिमले वर्णन गरेका छन्

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो वचन र कार्यद्वारा मानिसहरूलाई सत्य र भलाइको बाटो देखाउँछ, उसले त्यो बाटो पछ्याउने जति पुण्य पाउनेछ र पछ्याउनेहरूको इनाममा कुनै कटौती हुनेछैन । अर्कोतर्फ, जसले आफ्नो वचन र कर्मद्वारा मानिसहरूलाई दुष्ट, पाप वा निषेधित कार्यको बाटो देखाउँछ, उसलाई त्यो मार्गमा हिँड्ने मानिसहरूको जस्तै पाप हुन्छ र तिनीहरुको पापमा कुनै कमी हुनेछैन ।

Hadeeth benefits

  1. आह्वानको सद्गुण, चाहे त्यो थोरै होस् वा धेरै । जसले सत्य मार्गको आह्वान गर्छ, उसले पछ्याउने व्यक्ति झैं पुण्य पाउँछ । वास्तवमा, यो अल्लाहको ठूलो कृपा र उदारता हो ।
  2. पथभ्रष्टतर्फ बोलाउने खतरा, चाहे त्यो सानो होस् या ठूलो । निम्तो दिनेले पनि त्यसको अभ्यास गर्ने व्यक्ति जस्तै पापको भागिदार हुन्छ ।
  3. मानिसले आफ्नो कर्म अनुसार फल पाउँछ । त्यसैले जसले राम्रो कामको निम्तो दिन्छ, उसले राम्रो काम गर्ने व्यक्ति बराबर इनाम पाउँछ र जसले खराब कामको निम्तो दिन्छ, ऊ नराम्रो काम गर्ने व्यक्ति जस्तै पापको भागिदार हुन्छ ।
  4. एक मुस्लिमले खुलेआम पाप गर्नबाट सचेत हुनुपर्छ, किनभने उसलाई देखेर अरुले पाप गर्न थाल्छन् भने उनीहरूको पापको बोझ पनि उसले वहन गर्नुपर्नेछ, यद्यपि उसले त्यसो गर्न प्रोत्साहित नगरे पनि ।