/ दुई वटा कुरा मानिसहरूमा पाइनु भनेको कुफ्रका कुराहरू हुन्ः वंशको निन्दा गर्नु र मृतकमाथि विलाप गर्नु।...

दुई वटा कुरा मानिसहरूमा पाइनु भनेको कुफ्रका कुराहरू हुन्ः वंशको निन्दा गर्नु र मृतकमाथि विलाप गर्नु।...

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: "दुई वटा कुरा मानिसहरूमा पाइनु भनेको कुफ्रका कुराहरू हुन्ः वंशको निन्दा गर्नु र मृतकमाथि विलाप गर्नु।"
मुस्लिमले वर्णन गरेका छन्

Explanation

नबी(सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमा पाइने दुई वटा आदतहरूका बारेमा बताउँदै हुनु हुन्छ कि यी कुफ्रका कामहरू हुन् र अज्ञानता कालका बानीबेहोरा मध्ये हुन्। र ती : १. मानिसका वंशका बारेमा निन्दा गर्नु र उनीहरूको दोष देखाउनु र उनीहरूमाथि घमण्ड गर्नु हो । २. विपत्तिमा स्वर उठाउनु, भाग्यप्रति असन्तोष व्यक्त गर्दै, वा अत्यधिक दु:खका कारण कपडा च्यात्नु।

Hadeeth benefits

  1. नम्र बन्न र मानिसहरूलाई आफ्नो भन्दा तल्लो ठान्न नहुने, मानिसहरूमाथि घमण्ड नगर्ने प्रेरणा।
  2. विपत्तिमा धैर्य गर्न र असन्तोष व्यक्त नगर्नु अनिवार्य छ।
  3. यी कार्यहरू साना कुफ्र हुन्, र जसले ती कुफ्रहरूमध्ये कुनै कुफ्रलाई गर्छ उसलाई काफिर मानिदैन, र मान्छेलाई इस्लामबाट बाहिर्याउँने भनेको ठुलो कुफ्र गर्नु हो ।
  4. इस्लामले मुस्लिमहरू बिच विभाजन निम्त्याउने सबै कुराहरूमाथि प्रतिबन्ध लगाउँछ, जस्तै वंशमा दोस लाउनु आदि ।