- चिहानमा, चिहानहरूको बीचमा वा चिहानतिर फर्केर नमाज पढ्न निषेध गरिएको छ । तर जनाजा (अन्त्येष्टि) को नमाज यस निषेधको दायरा बाहिर छ, किनभने त्यो सुन्नतद्वारा प्रमाणित छ ।
- शिर्कको ढोका बन्द गर्न चिहानतिर फर्केर नमाज पढ्ने निषेध गरिएको छ ।
- इस्लामले चिहानको बारेमा बढाइचढाइ गर्न र तिनीहरूको अनादर गर्न दुवै निषेध गरेको छ । त्यसैले कुनै अतिशयोक्ति वा लापरवाही गर्न पाइँदैन ।
- मुस्लिमको इज्जत र मर्यादा मृत्यु पछि पनि कायम रहन्छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मृत व्यक्तिको हड्डी भाँच्नु भनेको जीवित व्यक्तिको हड्डी भाँच्नु जस्तै हो ।"