- यो चेतावनी इस्लामिक राज्यको सर्वोच्च शासक र तिनका प्रतिनिधिहरूका लागि मात्र होइन, बरू, जिम्मेवारी सुम्पिएको प्रत्येक व्यक्ति र हाकिमहरू यसमा समावेश छन् ।
- मुस्लिमप्रति कुनै पनि उत्तरदायित्व सम्हाल्ने प्रत्येक व्यक्तिले आफ्नो जनताप्रति इमान्दार हुनुपर्छ, उनीहरुको भलो गर्नुपर्छ र विश्वासघातबाट सावधान रहनुपर्छ ।
- सार्वजनिक वा निजी, ठूलो वा सानो कुनै पनि जिम्मेवारी वहन गर्ने व्यक्तिको जिम्मेवारीको महत्त्व ।