- शिकार गर्न र गाईवस्तु वा खेतको सुरक्षा गर्न बाहेक अन्य कुकुरहरू पाल्न निषेध गरिएको छ ।
- तस्विरहरू खिच्नु वा राख्नु एक दुष्ट कार्य हो, जसले गर्दा स्वर्गदूतहरू टाढा भाग्छन् र तस्विरहरू भएको ठाउँमा स्वर्गदूतहरू उपस्थि हुँदैनन् र कुकुरको पनि त्यस्तै हो ।
- कुकुर वा चित्र भएको घरमा प्रवेश नगर्ने स्वर्गदूतहरू दयाका फरिश्ताहरू हुन्, जबकि संरक्षकहरू र मलकुल-मौत (मृत्यु दिने) स्वर्गदूतहरू प्रत्येक घरमा प्रवेश गर्छन् ।
- भित्ता र अन्य ठाउँमा जीवजन्तुका तस्विरहरू टाँग्न निषेध गरिएको छ ।
- खत्ताबीले भने: ‘स्वर्गदूतहरू कुकुर वा जीवहरूको चित्र भएको घरमा प्रवेश गर्दैनन्’ को मतलब भनेको राख्न निषेध गरिएको कुकुरहरू र तस्वीरहरू हुन्, तर शिकार गर्न र गाईवस्तु वा खेतको सुरक्षा गर्न पालिएका कुकुरहरू र गलैंचा, तकिया आदिमा देखिएका तस्वीरहरूले गर्दा स्वर्गदूतहरूलाई प्रवेश गर्नबाट रोकिएको छैन ।