- यो हदीस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको हो र यसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहबाट हो । तर यसमा कुर्आनका विशेषताहरू छैनन्, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहरात प्राप्त गर्नु, उपासना आदि ।
- अल्लाहका वलीहरूलाई हानि पुऱ्याउन निषेध र उनीहरूलाई माया गर्न र उनीहरूको श्रेष्ठता स्वीकार गर्न प्रोत्साहित गरिएको छ ।
- अल्लाहका शत्रुहरूसंग शत्रुता गर्ने र उनीहरूसंग मित्रता नगर्ने आदेश ।
- जसले अल्लाहको शरियतलाई पालन नगरी म उहाँको वली हुँ दाबी गर्छ भने ऊ झुटो हो ।
- अल्लाहको वली बन्नका लागि वाजिब (कर्तब्य) को पालन र हराम (निषेधित) लाई त्याग्नुपर्छ ।
- दासप्रति अल्लाहको प्रेम र दुआ स्वीकार हुनुको एउटा कारण वाजिब (कर्तब्य) को पालन र हराम (निषेधित) लाई त्यागेपछि नफिल (स्वैच्छिक) उपासना गर्नु हो ।
- वलीहरूको श्रेष्ठता र तिनीहरूको उच्च हैसियतको प्रमाण ।