/ फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।

फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।"
मुस्लिमले वर्णन गरेका छन्

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, स्वर्गदूतहरूले त्यस्तो यात्रामा साथ दिँदैनन्, जसमा कुकुर हुन्छ वा जनावरहरूको घाँटीमा घण्टी झुण्डिएको हुन्छ र हिँड्दा आवाज निस्किन्छ ।

Hadeeth benefits

  1. शिकार वा पहरेदार कुकुर बाहेक अन्य कुकुर पाल्न निषेध गरिएको छ ।
  2. साथमा नआउने स्वर्गदूतहरू रहमत (दया) का फरिश्ताहरू हुन्, जबकि संरक्षण गर्ने फरिश्ताहरूले घरमा हुँदा वा बाहिर जाँदा दासहरूको साथ छोड्दैनन् ।
  3. घण्टी निषेध गरिएको छ; किनभने यो शैतानको बाँसुरी मध्ये एक हो र यसमा ईसाई (वा गैर-मुस्लिम) ले फुंकने वा हल्लाउने घण्टीको अनुसरण हो ।
  4. मुस्लिमले स्वर्गदूतहरूलाई आफूबाट टाढा गर्न सक्ने सबै कुराहरूबाट टाढा रहन सावधान हुनुपर्छ ।