- सम्मान तथा प्रशंसा गर्दा शरियतले तोकिएको सीमाभन्दा बाहिर जान निषेध गरिएको छ; किनकि यसले शिर्कलाई निम्त्याउँछ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नुभएको कुरा आज यो समुदायमा प्रशस्तै देखिन्छ । एक समूहले अल्लाहको रसूलको बारेमा बढाइचढाइ गरे, अर्को समूहले आले-बैत (उहाँको परिवार) को बारेमा बढाइचढाइ गरे र केही मानिसहरूले औलिया (अल्लाहका सत्कर्मी भक्तहरू) को बारेमा बढाइचढाइ गरे र यसरी यी सबै मानिसहरू शिर्कमा परे ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूलाई अल्लाहको भक्तको रूपमा वर्णन गर्नुभएको छ; ताकि यो स्पष्ट होस्, कि उहाँ अल्लाहको भक्त हुनुहुन्छ र उहाँका सबै आवश्यकताहरू अल्लाहद्वारा पूरा हुन्छन् र उहाँलाई अल्लाहको कुनै पनि गुण समान गुणी मान्न वर्जित छ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूलाई अल्लाहको रसूल (सन्देशवाहक) बताउनु भयो; ताकि यो स्पष्ट होस्, कि उहाँ अल्लाहद्वारा पठाइएका हुन्, त्यसैले उहाँको पुष्टि र अनुसरण गर्न अनिवार्य छ ।