/ मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक

मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ।" सोधियो: हे अल्लाहका रसूल! इन्कार गर्नेहरू को हुनेछन्? उहाँले भन्नुभयो: "जसले मेरो आदेशको पालना गर्छ उसले स्वर्गमा प्रवेश गर्नेछ र जसले मेरो आज्ञा पालन गर्दैन उसले इन्कार गर्यो ।”
बुखारीले वर्णन गरेका छन्

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बताउँदै हुनुहुन्छ, मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ! सहाबाहरूले सोधे: हे अल्लाहको रसूल! स्वर्ग जान कसले इन्कार गर्छ र ?! उहाँले जवाफ दिनुभयो, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालन र अनुसरण गर्यो उ स्वर्गमा प्रवेश गर्नेछ र जसले आज्ञा पालन गरेन र शरियतको पालना गरेन उसले वास्तवमा आफ्नो खराब कर्महरूले गर्दा स्वर्गमा प्रवेश गर्न अस्वीकार गर्यो ।

Hadeeth benefits

  1. पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालन अल्लाहको आज्ञाकारिता हो र पैगम्बरको आज्ञा पालन नगर्नु अल्लाहको आज्ञा पालन नगर्नु हो ।
  2. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालनले स्वर्ग अनिवार्य हुन्छ भने उहाँको अवज्ञाले नर्क ।
  3. यस उम्मतका आज्ञाकारी मानिसहरूका लागि खुशीको खबर छ, तिनीहरू स्वर्गमा प्रवेश गर्नेछन् । अल्लाह र उहाँका रसूलको अवज्ञा गर्नेहरू बाहेक सबै मानिसहरू स्वर्गमा जानेछन् ।
  4. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आफ्नो उम्मतप्रतिको करुणा र उनीहरूलाई सही बाटोमा ल्याउने उत्सुकता ।