/ मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले तिमीलाई सृष्टि गर्नुभएको हो...

मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले तिमीलाई सृष्टि गर्नुभएको हो...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले तिमीलाई सृष्टि गर्नुभएको हो ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "तिर्मो सन्तानले तिमीसँग खान्छ डरले उसको हत्या गर्नु ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "आफ्नो छिमेकीकी पत्नीसँग जिना (व्यभिचार) गर्नु ।"
मुत्तफकुन अलैहि

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, सबैभन्दा ठूलो पाप के हो? उहाँले भन्नुभयो: सबैभन्दा ठूलो पाप शिर्क अकबर (बहु ईश्वरवाद) हो । शिर्क अकबर भनेको अल्लाहको उलूहीयत (ईश्वरत्व) मा वा रूबुबीयत (प्रभुत्व) मा वा अस्मा व सिफात (उहाँको नाम र विशेषताहरू) मा कुनै सहभागी ठहर गर्नु वा उहाँको बराबरीमा अरु कसैलाई ठान्नु हो । अल्लाहले पश्चात्ताप बिना यो पाप माफ गर्नुहुन्न । यदि कोही शिर्कको अवस्थामा मर्छ भने ऊ सधैं नरकमा रहन्छ । त्यसपछि दोस्रो ठूलो पाप भनेको आफ्नो बच्चालाई खाने खर्चको डरले मार्नु हो । हत्या गर्नु त्यत्तिकै ठूलो पाप हो, त्यसमाथि पीडित र हत्याराको रगतको नाता छ भने यो पाप झनै ठूलो हुन्छ । त्यसैगरी हत्याको पछाडी अल्लाहले प्रदान गर्नुएको भोजन खान्छ भन्ने डर लुकेको हुँदा पाप अझ ठूलो हुन्छ । तेस्रो ठूलो पाप भनेको आफ्नो छिमेकीकी श्रीमतीलाई बहकाएर अनि प्रलोभनमा पारेर व्यभिचार गर्नु हो । जिना (व्यभिचार) गर्नु निषेधित हो, त्यसमाथि छिमेकीकी श्रीमतीसँग जिना गर्दा यसको पाप अझै बढ्छ, किनभने शरियतले छिमेकीसँग राम्रो व्यवहार गर्न आदेश दिएको छ ।

Hadeeth benefits

  1. जसरी राम्रो कर्मको पुण्यमा भिन्नता हुन्छ, त्यसरी नै पापहरू पनि ठूला-साना हुन्छन् ।
  2. सबैभन्दा ठुलो पाप अल्लाहसँग शिर्क गर्नु, त्यसपछि खाने खर्चको डरले आफ्नो बच्चालाई मार्नु र त्यसपछि छिमेकीकी श्रीमतीसँग व्यभिचार गर्नु हो ।
  3. जीविका अल्लाहको हातमा छ र उहाँले सबै सृष्टिहरूको जीविकाको प्रबन्ध गर्नुभएको छ ।
  4. छिमेकीको अधिकारको महत्व र छिमेकीलाई हानि पुर्याउनु अर्को व्यक्तिलाई हानि पुर्याउनु भन्दा ठूलो पाप हो ।
  5. सृष्टिकर्ता मात्र उपासना योग्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन ।