- यस हदीस बाट प्रमाणित हुन्छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई परलोकमा मध्यस्थता को अधिकार दिईने छ र केवल एकेश्वरवादीहरुलाई उहाँको सिफारिस प्राप्त हुनेछ ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मध्यस्थता अर्थात्( कुकर्म गर्ने कारणले) नर्क जान बाध्य भएका एकेश्वरवादीहरूलाई नर्कमा प्रवेश नगराउने र नर्कमा प्रवेश गरिसकेकालाई नरकबाट बाहिर निकाल्ने सिफारिस हो ।
- यस हदीस बाट अल्लाहको लागि विशुद्ध रूपमा "ला इलाहा इल्लल्लाह" को वचन दिनू को उत्कृष्टता र यसको ठूलो प्रभाव प्रष्ट हुन्छ।
- "कलिम-ए-तौहीद" ("ला इलाहा इल्लल्लाह" ) लाई पूर्ण रूपमा स्वीकार गर्नु भनेको यसको अर्थ जान्नु र सोही अनुसार कर्म गर्नु हो ।
- यस हदीस बाट अबू-हुरैरह (रजियल्लाहु अन्हु) को उत्कृष्टता र ज्ञान को लागी उनको उत्सुकता पनि स्पष्ट हुन्छ ।