- अल्लाह बाहेक कोही सत्य ईश्वर छैनन् भन्ने गवाही दिनु भनेको एक मात्र अल्लाहको उपासना गर्नु र अरूको उपासना पूर्णतया त्याग्नु हो।
- मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दूत हुनुहुन्छ भनी गवाही दिनु भनेको उहाँमा र उहाँले ल्याउनुभएको सन्देशमा विश्वास गर्नु, उहाँको (कुराहरु को ) पुष्टि गर्नु र उहाँ मानव जातिको लागि पठाइएको अन्तिम रसूल (सन्देशवाहक) हुनुहुन्छ भनी विश्वास गर्नु हो ।
- विद्वान र शंकालु व्यक्ति सँग कुरा गर्नु भनेको अज्ञानी व्यक्तिलाई सम्बोधन गर्नु जस्तै होइन । त्यसैकारण उहाँले मुआज (रजिअल्लाहु अन्हु) लाई सचेत गर्दै भन्नुभयो : "तिमी यस्तो समुदायमा जाँदैछौ जसलाई पहिले नै अल्लाहद्वारा ग्रन्थ दिइएको छ ।"
- मुस्लिमले शंका उत्पन्न गर्नेहरूको शंकाबाट बच्नको लागि आफ्नो धर्मको बारेमा जानकारी राख्नुपर्दछ र यसका लागि (धार्मिक)ज्ञान प्राप्त गर्न आवश्यक छ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (अन्तिम दूत बनाएर) पठाइसकेपछि यहूदी र इसाईहरूको धर्म स्वतःनै अमान्य भएको हो र उनीहरूले इस्लाम स्वीकार नगरेसम्म र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मा आस्था नराखेसम्म न्यायको दिनमा मुक्ति पाउने छैनन् ।