- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सरलता र नम्रता, उहाँले मुआज रजिअल्लाहु लाई सवारीमा आफ्नो पछाडि बसाउनुभयो ।
- यहाँ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को शिक्षाको एक उत्कृष्ट तरीका छर्लङ्ग हुन्छ, उहाँले मुआज बिन जबल (रजियल्लाहु अन्हु) को ध्यान आकर्षित गर्न बारम्बार बोलाउनुभयो ।
- शहादह (गवाही) का शर्तहरू : अल्लाह बाहेक कोही उपासनाको योग्य छैन र मुहम्मद अल्लाहको रसूल हुन् भन्ने गवाही दिने व्यक्तिले साँचो हृदय र पूर्ण विश्वासका साथ गवाही दिनु पर्छ । यसमा कुनै शङ्का वा झूट समावेश हुनुहुँदैन ।
- तौहीद वाला (एकेश्वरवादी) हरू सधैंभरि नरकमा रहनेछैनन् , पापले गर्दा नर्कमा गए पनि शुद्ध भएपछि बाहिर निकालिनेछन् ।
- सच्चा हृदयले दुवै गवाही दिँदाको सद्गुण।
- कतिपय अवस्थामा केही हदीसहरू वर्णन गर्दा हानि हुने वा गलत अर्थ लाग्ने डर का कारण त्यसलाई बयान नगर्नु पनि अनुमति छ ।