- यस हदीसमा अल्लाहको भक्तहरूमाथि अनिवार्य गरिएको अधिकारको वर्णन छ; कि मानिसहरूले मात्र अल्लाहको उपासना गर्नुपर्छ र वहाँसँग कसैलाई साझेदार बनाउनु हुँदैन।
- यस हदीसमा अल्लाहमाथि भक्तहरूको अधिकारको स्पष्टिकरण छ, जुन वहाँले आफू माथि आफ्नो कृपा र अनुग्रहले अनिवार्य गर्नुभएको छ, कि वहाँले तिनीहरूलाई स्वर्गमा प्रवेश गराउने छन् र तिनीहरूलाई सजाय दिने छैनन्।
- यस हदीसमा, ती एकेश्वरवादीहरूका लागि ठूलो खुशीको खबर छ, जसले अल्लाहसँग कसैलाई साझेदार बनाउदैनन्, कि अन्ततः तिनीहरूको भाग्य स्वर्ग प्रवेश गर्नु हो ।
- मुआजले ज्ञान लुकाउने पापमा लिप्त हुने डरले आफ्नो मृत्यु अघि यो हदीस बताउनुभयो ।
- हदीसको अर्थ र तात्पर्यलाई केही मानिसहरूले ठम्याउन नसक्ने डरले केही हदीसहरू वर्णन नगर्नुको चेतावनी छ। तर यो कुरा ती हदीसहरूको सन्दर्भमा हो जसबाट न त कुनै कर्म-कानुन लागू हुन्छ र न त जसमा धार्मिक कानूनको विधिविधान समावेश गरिएको छ ।
- एकेश्वरवादी पापीहरू अल्लाहको इच्छा अन्तर्गत हुनेछन्। वहाँले चाहनुभयो भने तिनीहरूलाई दण्ड दिनुहुनेछ वा क्षमा गरेर अन्ततः तिनीहरूलाई स्वर्गमा प्रवेश गराउनु हुनेछ।