- ज्योतिषी भएर काम गर्नु र ज्योतिषीकहाँ गएर अदृश्य कुरा सोध्नु दुवै हराम हो ।
- कहिलेकाहीँ मानिस आफ्नो पापको कारणले पुण्य कर्मको इनामबाट वञ्चित हुन्छ।
- त्यसैगरी यस हदीसमा तथाकथित राशिफल, नक्षत्रहरूको अध्ययन, हातका रेखा र कचौराहरू पढेर गैबको (अदृष्यको) बारेमा भविष्यवाणी गर्ने सबै समावेश छन्, यद्यपि यो सबै मात्र जानकारी प्राप्त गर्नको लागि भए पनि । किनकि यी सबै कुराहरू भाग्य-बताउने र अदृष्यको बारेमा जान्ने दावी गर्नेहरूका विभिन्न रुपहरू हुन् ।
- ज्योतिषीकहाँ जानुको सजाय यति कठोर छ भने स्वयम् ज्योतिषी र अदृश्यको कुरा गर्नेलाई कति ठूलो सजाय होला ?
- चालीस दिनको नमाज अदा (वैध) हुन्छ र यसलाई कजा गर्नु पर्दैन, अर्थात पुनः पढ्नु पर्दैन, तर पुण्य प्राप्त हुँदैन ।