- तौहीद (एक इश्वरवाद) र अकिदालाई दूषित गर्ने सबै चीजहरूबाट जोगिनु पर्छ ।
- बहुदेववादी रुक्या (झाडफूँक), ताबीज र टुनामुना निषेधित गरिएको छ ।
- यी तीन कुरालाई साधनको रूपमा लिनु शिर्कको सानो रूप (शिर्क असगर) हो; किनभने उसले कुनै कारण नभएको कुरालाई साधन बनाउँछ । तर यदि यिनलाई आफैंमा लाभदायक र हानिकारक मानिन्छन् भने त्यो ठूलो शिर्क (शिर्क अकबर) हो ।
- शिर्क र हराममा आधारित माध्यमहरू नअपनाउन चेतावनी ।
- शरियतद्वारा अनुमति दिइएको रुक्या बाहेक अन्य मन्त्रहरू पढ्नु र झाडफूँक गर्नु पनि शिर्क र हराम हो ।
- हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ । नाफा नोक्सानको मालिक उहाँ नै हुनुहुन्छ । उहाँका कोही साझेदार छैन भन्ने हृदयमा दृढ विश्वास हुनुपर्छ । जुनसुकै भलाई भएपनि अल्लाहले दिनुहुन्छ र केवल उहाँले हामीलाई खराबीबाट बचाउनु हुन्छ ।
- जायज रुक्या (झाडफूँक) का तीन सर्तहरू छन् : १) यो विश्वास राख्नु कि यो झारफुक केवल एक माध्यम हो र अल्लाहको अनुमति बिना लाभदायक छैन । २) झारफुक कुर्आनद्वारा, अल्लाहका नामहरू, उहाँका गुणहरू, अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा सिकाइएका दुआ (प्रार्थना) हरूबाट हुनुपर्छ । ३) बुझ्ने खाले भाषामा हुनुपर्छ, कुनै तन्त्र मन्त्र र जादु हुनु हुँदैन ।