- पानी परेपछि "मुतिर्ना बि फज्ल्लिाहि वरह्मतिहि"( अर्थात् 'अल्लाहको कृपाले वर्षा भयो') भन्नु मुस्तहब (उत्तम)हो ।
- जसले वर्षा र अन्य वरदान समान चीजहरूको अस्तित्व एवं उत्पत्तिको श्रेय ग्रहलाई दिन्छ, त्यसले ठूलो कुफ्र गर्दछ, र यदि यो भन्छ कि अल्लाहले वर्षा त बर्साउनु हुन्छ, तर ग्रहले गर्दा पानी परेको हो1 भने त्यो सानो कुफ्र हो, किनभने यो ग्रह वर्षाको लागि न त धार्मिक रूपले वैधानिक कारण हो न भौतिक रूपले।
- वरदान कुफ्र (अविश्वास) को कारण बन्न सक्छ यदि त्यसलाई अस्वीकार गरियो भने, र आस्थाको कारण बन्न सक्छ यदि त्यसप्रति कृतज्ञता व्यक्त गरियो भने।
- शिर्कको ढोका बन्द गर्न निमित्त "'तारा वा फलानो ग्रहको कारणले वर्षा भयो" भन्ने बोलको प्रयोग निषेध गरिएको छ,चाहे त्यो वर्षाको समय बताउन उद्देश्यले नै किन नहोस्।
- वरदान प्राप्त गर्न र दुःख र कठिनाइहरू हटाउनको लागि हृदयलाई अल्लाहसँग जोड्नु अनिवार्य छ।