- अल्लाहमा भरोसा गर्नु र अल्लाहको तय गरिदिनुभएको भाग्यमा आस्था राख्नु आवश्यक छ । शगुन, झाँक्री र ज्योतिषीले गर्ने काम जस्तै भविष्यवाणी गर्नु वा उनीहरूसंग केही सोध्नु निषेध गरिएको छ ।
- नदेखेको कुरा थाहा पाएको दाबी गर्नु बहुदेववाद हो र तौहीदको (एक इश्वरवाद) विपरीत हो ।
- ज्योतिषीले भनेका कुरालाई सत्य मान्नु र ज्योतिषीहरूकहाँ जानु हराम हो । यसै सन्दर्भमा हत्केला र प्याला (कचौरा) हरू पढ्ने र व्यक्तिको सौभाग्य र दुर्भाग्यलाई नक्षत्रसँग जोड्ने आदि कार्यहरू पनि समावेश छन्, यद्यपि यी जानकारी प्राप्तको लागि भए पनि निषेध छ ।