- चिहानहरूमा मस्जिदहरू बनाउन, तिनीहरूको नजिक नमाज पढ्न वा मस्जिद भित्र कसैलाई गाड्न निषेध गरिएको छ; किनकि यसले शिर्कको ढोका खोल्छ ।
- चिहानमा मस्जिद बनाउनु र त्यसमा तस्विर राख्नु यहूदी र इसाईहरूको काम हो र जसले यो गर्छ, ऊ उनीहरूको अनुसरण गर्दछ ।
- जीवित वस्तुको तस्बिर राख्नु हराम हो ।
- जसले चिहानमा मस्जिद बनाउँछ र त्यसमा मूर्ति राख्छ त्यो अल्लाहको सबैभन्दा खराब सृष्टि हो ।
- शरियतले तौहीदको सुरक्षा सुनिश्चित गरेको छ र शिर्कतर्फ जाने सबै मार्गहरू बन्द गरेको छ ।
- अल्लाहका धर्मी सेवकहरूको बारेमा बढाइचढाइ गर्न निषेध गरिएको छ; किनकि यसले शिर्कको ढोका खोल्छ ।