- घरहरूलाई अल्लाहको उपासना विहीन छाडी राख्न बाट मनाही गरिएको छ ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारत (दर्शन) को लागि यात्रा गर्न निषेध गरिएको छ, किनकि उहाँमाथि पठाइएको दरूद नजिक र टाढा सबै ठाउँबाट समान रूपमा पुग्छ । हो, मस्जिद नबवीमा नमाज पढ्ने मनसायले यात्रा गर्न अनुमति छ ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारतलाई उत्सवको रूपमा लिन निषेध गरिएको छ । अर्थात् निश्चित समयमा विशेष तरिकाले बारम्बार जियारत (दर्शन) गर्नु हराम हो र अन्य चिहानहरू प्रति पनि यही नियम लागू हुन्छ ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रति अल्लाहको कृपा, कि हरेक समय र हरेक ठाउँबाट उहाँमाथि दरुद व सलाम (आशीर्वाद र शान्ति) पठाउन वैध गरिएको छ ।
- चिहानको नजिक नमाज पढ्न निषेध गरिएको कुरा साहाबाहरू बीच ठहर भईसकेको को हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।