- यस हदीस बाट प्रस्त हुन्छ कि सुन्नतको (हदीस) सम्मान त्यसरी नै गर्नुपर्छ जसरी कुरानको सम्मान गरिन्छ र कुरानको पालना झैं सुन्नतको पनि पालना गर्नुपर्छ।
- रसूल (सन्देशवाहक) को आज्ञापालन वास्तवमा अल्लाहको आज्ञाकारिता हो र उहाँको अवज्ञा गर्नु वास्तवमा अल्लाहको अवज्ञा गर्नु हो।
- यस बाट हदीसको वैधानिकता प्रमाणित हुन्छ र यसमा हदीसलाई इन्कार वा अस्वीकार गर्ने व्यक्तिको खण्डन गरिएको छ।
- जसले सुन्नतलाई अस्वीकार गर्छ र केवल कुरआनलाई मात्र पालन गर्ने दाबी गर्छ, ऊ वास्तवमा कुरान र हदीस दुवैको अनुपालन बाट विचलित हुन्छ र कुरआनको पालना गर्ने भन्ने आफ्नो दाबीमा झूटो छ ।
- पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सच्चा रसूल हुन् भन्ने कुराको एक प्रमाण के हो भने उहाँले भविष्यमा हुने केही घटनाहरूको बारेमा भविष्यवाणी गर्नुभएको थियो र त्यो जस्ताको त्यस्तै भयो ।