- अरबी शब्द "अल-रहिम" ले बुबा र आमा दुवै पक्षका नातेदारहरूलाई बुझाउँछ । सम्बन्ध जति नजिक र घनिष्ट हुन्छ, त्यति नै राम्रो व्यवहारको हकदार हुन्छ ।
- मानिसलाई कर्म अनुसार बदला दिइनेछ । तसर्थ, जसले सद्भाव, राम्रो व्यवहार र दयाको माध्यमबाट सम्बन्ध सुदृढ गर्ने काम गर्छ, अल्लाहले उसको जीविका र उमेरमा आशिष दिनुहुन्छ ।
- सम्बन्ध कायम गर्नु जीविकोपार्जन र दीर्घायु बढाउने माध्यम हो । जीविकोपार्जन र उमेर दुवै निर्धारित भएतापनि कहिलेकाहीँ त्यसमा बर्कत (सम्बृद्धि) हुन्छ र व्यक्तिले आफ्नो जीवनमा उही उमेरका मानिसहरूले गर्न सक्ने भन्दा धेरै लाभदायक काम गर्न सक्षम हुन्छ । कतिपय विद्वानले जीविकोपार्जन र आयुमा भएको बृद्धिलाई वास्तविक बताएका छन्, अल्लाहले धेरै जानेका छन् ।