- मुआहद, जिम्मी र मुस्तामिन (सम्झौता अनुसार इस्लामिक राज्यमा प्रवेश गर्ने गैर-मुस्लिम) व्यक्तिको हत्या गर्नु हराम र महापाप हो ।
- मुआहद : मुस्लिम देशमा बसोबास गर्ने गैर-मुस्लिम व्यक्ति, जसले मुस्लिमसँग नलड्ने र मुस्लिमले उसँग नलड्ने सम्झौता गरेको हो । जिम्मी: एक गैर-मुस्लिम व्यक्ति जो जिजया (कर) तिरेर मुस्लिम देशमा बसोबास गर्छ । मुस्तामन: एक गैर-मुस्लिम व्यक्ति जो एक निश्चित समयको लागि सम्झौताको आधारमा मुस्लिम देश प्रवेश गर्दछ ।
- यस हदीसमा गैर-मुस्लिमहरूसँग गरिएको वाचा तोड्न विरुद्ध चेतावनी दिइएको छ ।