/ कयामतको (प्रलयको) दिन सबैभन्दा पहिले मानिसहरूबीच जुन कुराको फैसला गरिनेछ त्यो रक्तपात हो ।

कयामतको (प्रलयको) दिन सबैभन्दा पहिले मानिसहरूबीच जुन कुराको फैसला गरिनेछ त्यो रक्तपात हो ।

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कयामतको (प्रलयको) दिन सबैभन्दा पहिले मानिसहरूबीच जुन कुराको फैसला गरिनेछ त्यो रक्तपात हो ।"
मुत्तफकुन अलैहि

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन एकअर्कामाथि गरेको अन्यायको हिसाब गर्दा सबैभन्दा पहिले रक्तपात; हत्या र चोटपटकहरूको बारेमा न्याय गरिनेछ ।

Hadeeth benefits

  1. रगतको मामिला धेरै महत्त्वपूर्ण छ। किनभने शुरुवात सबैभन्दा महत्त्वपूर्ण कुराबाट गरिन्छ ।
  2. पापहरूले निम्त्याउने फसाद अनुसार पापहरू बढाइन्छ र निर्दोष जीवनको हत्या गर्नु सबैभन्दा ठूलो फसाद हो । शिर्क र कुफ्र बाहेक यो भन्दा अरू कुनै ठूलो पाप छैन ।