निश्चय नै अल्लाहलाई गैरत (आत्म-सम्मान) हुन्छ र मुमिनले पनि गैरत गर्छ । अल्लाहको गैरत यो हो कि मुमिनले कुनै हराम (निषिद्ध) नगरोस्।...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै अल्लाहलाई गैरत (आत्म-सम्मान) हुन्छ र मुमिनले पनि गैरत गर्छ । अल्लाहको गैरत यो हो कि मुमिनले कुनै हराम (निषिद्ध) नगरोस्।
मुत्तफकुन अलैहि
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तवमा अल्लाहले गैरत (आत्म-सम्मान) गर्नुहुन्छ, घृणा गर्नुहुन्छ र केही कुरालाई मन नपराउनु हुन्न, जसरी एक मुमिनले गैरत (आत्म-सम्मान) गर्छ, घृणा गर्छ र केही कुरालाई मन पराउदैन । जब कुनै मुमिनले अल्लाहले हराम गर्नुभएको कुरा जस्तै व्यभिचार, समलैंगिकता, चोरी र रक्सी पिउने जस्ता पापहरू गर्छ, तब अल्लाह गैरत (आत्म-सम्मान) महसुस गर्नुहुन्छ ।
Hadeeth benefits
जब कसैले अल्लाहले हराम गरेका चीजहरूको उल्लङ्घन गर्छ, उसले अल्लाहको क्रोध र दण्डको सामना गर्न तयार हुनुपर्छ ।
Share
Use the QR code to easily share the message of Islam with others