- यस हदीसमा अल्लाहको धर्मतर्फ आह्वान गर्ने र मानिसले आफूले सम्झेको र बुझेको ज्ञान थोरै भए पनि अरूलाई बताउनुपर्दछ, भन्ने कुराको लागि प्रोत्साहित गरिएको छ ।
- इल्मे-शरई (इस्लामको धार्मिक ज्ञान) प्राप्त गर्नु अनिवार्य छ; ताकि एक व्यक्तिले ठीकसँग अल्लाहको उपासना र उहाँको शरियतलाई अरू समक्ष पुर्याउन सकोस् ।
- कुनै पनि हदीस अरूलाई बताउन वा प्रसारण अघि, त्यसको प्रमाणिकता सुनिश्चित गर्नुपर्छ, ताकि ऊ यो कडा चेतावनीको दायरा भित्र नपरोस् ।
- यस हदीसले साधारण कुराकानीमा सत्य बोल्न प्रोत्साहित गर्छ र हदीस उद्धृत गर्दा होसियार रहन सचेत गर्छ, विशेषगरी अल्लाहको शरियाको मामिलामा, ताकि मानिस झूटमा नपरोस् ।